सुदूरपश्चिम रोयल्सलाई जिताउने क्रममा जर्ज मुन्सेले बनाए यी तीन कीर्तिमान

बिजमाण्डू
२०८३ मंसिर ५ गते २०:०३ | Nov 21, 2026
सुदूरपश्चिम रोयल्सलाई जिताउने क्रममा जर्ज मुन्सेले बनाए यी तीन कीर्तिमान

काठमाडौं। सुदूरपश्चिम रोयल्स तीन पटक फाइनल खेलेर पहिलो पटक च्याम्पियन बनेको छ। सुदूरपश्चिमलाई च्याम्पियन बनाउने क्रममा जर्ज मुन्सेले शतकीय इनिङ खेले।

GBIME
Tata

यसक्रममा मुन्सेले तीनवटा ठूला कीर्तिमान बनाएका छन्।

सबैभन्दा ठूलो कीर्तिमान उनको व्यक्तिगत स्कोरमा रह्यो। उनले एनपीएलकै इतिहासमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाए। यसक्रममा उनले चितवनका कमिल मिश्राको केहीदिन अघिको कीर्तिमान तोडे। कमिलले काठमाडौं गोर्खाजविरुद्ध १२० रन बनाएका थिए।

त्यस्तै, दोस्रो उनी एनपीएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि पहिलो संस्करणमा श्रीलंकाका लाहिरु मिलान्थाले बनाएको ८७ रन थियो।

त्यस्तै, तेस्रो सुदूरपश्चिम रोयल्सलाई तेस्रो प्रयासमा च्याम्पियन बनाउने श्रेय पाए। यसअघि प्रभाव नछाडेका उनले यस खेलमा भने टोली लक्ष्यसम्म पुर्‍याउन सफल भए।