सुदूरपश्चिम रोयल्सले टस जितेर लुम्बिनीलाई दियो ब्याटिङको निम्ता, यस्तो छ प्लेइङ ११

बिजमाण्डू
२०८३ मंसिर ५ गते १६:४० | Nov 21, 2026
सुदूरपश्चिम रोयल्सले टस जितेर लुम्बिनीलाई दियो ब्याटिङको निम्ता, यस्तो छ प्लेइङ ११
टसका क्रममा लुम्बिनी र सुदूरपश्चिमका कप्तान।

काठमाडौं। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

फाइनल खेलमा सुदूरपश्चिमले एक परिवर्तन गर्दा लुम्बिनीले कुनै परिवर्तन गरेको छैन।

सुदूरपश्चिमले अलराउण्डर फाबियन एलेनको स्थानमा सैफ जैबलाई स्थान दिएको छ। लुम्बिनी लगातार दोस्रो उपाधिका लागि मैदान उत्रँदैछ भने सुदूरपश्चिम पहिलो उपाधिका लागि मैदान उत्रँदैछ।

सुदूरपश्चिमको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, सैफ जैब, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दिपक बोहरा र जर्ज मुन्से।

लुम्बिनीको प्लेइङ ११

रोहितकुमार पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दीलिप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट, अली शेख