नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोज्यो, यस्तो छ नेपालको प्लेइङ ११

बिजमाण्डू
२०८३ मंसिर ४ गते १५:४४ | Nov 20, 2026
नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोज्यो, यस्तो छ नेपालको प्लेइङ ११

काठमाडौं। नेपाली क्रिकेट टोलीले भारत ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

कतारको दोहास्थित वेस्ट इण्ड पार्क स्टेडियममा सन्दीप लामिछानेको कप्तानीमा पहिलो जितको खोजीमा छ। अभिषेक शर्माको कप्तानीमा रहेको भारत पनि वैभव सूर्यवंशी, तिलक वर्मा, रिंकु सिंहजस्ता खेलाडीलाई समेट्दै मैदान उत्रने छ।  नेपालको टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी जस्ता खेलाडी लिएर मैदान उत्रँदैछ।

टसपछि सन्दीप लामिछानेे पिचको कन्डिसन हेरेर बलिङ रोजेको बताए। तिलक वर्माले टसका क्रममा अनुभवी खेलाडी टोली भएको भन्दै मैदानमा उत्रिएको बताए। उनले एकपटकमा एक खेलमा मात्र नजर

टिम नेपाल

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, बसीर अहमद, लोकेश बम, दीपक डुम्रे, प्रतिस जिसी, अर्जुन कुमाल, पवन सर्राफ, राशिद खान, नन्दन यादव, ललित राजवंशी