काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट करिब १६ अर्ब रुपैयाँ अर्यात १०७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने भएको छ।
शुक्रबार बसेको बैठकले आईएमएफबाट १०७ मिलियन निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले भोटेकोशी बाढी प्रभावितका लागि चीनको २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय भएको तिमिल्सिनाले जानकारी दिए।









