तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २८ दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

बिजमाण्डू
२०८३ मंसिर ४ गते १२:५९ | Nov 20, 2026
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २८ दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २ खर्ब रुपैयाँ उठाउन लागेको छ।

GBIME
Tata

राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २८ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ।

शुक्रबार अपराह्न २ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज पुस ३ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।