निर्वाचन आयोगले बोलाएको बैठकमा बसेनन् ओली, छलफल सुरु हुनेबित्तिकै बाहिरिएर के भने?

बिजमाण्डू
२०८३ मंसिर ४ गते १२:३६ | Nov 20, 2026
निर्वाचन आयोगले बोलाएको बैठकमा बसेनन् ओली, छलफल सुरु हुनेबित्तिकै बाहिरिएर के भने?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगले राखेको छलफल सुरु हुने वित्तिकै बाहिरिएका छन्।

GBIME
Tata

आयोगले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई स्थानीय तहको निर्वाचनको मितिबारे सुझाव लिन शुक्रबार बोलाएकामा ओली छलफल सुरु हुने बित्तिकै बाहिरिएका हुन्।

ओलीले आउँदै नआएको आरोप लाग्ने भएर आफू उपस्थित भएको तर छलफलमा पार्टीका निर्वाचन विभाग प्रमुखले भाग लिने बताए।

‘आउँदै आएन भन्ने नपरोस् भनेर आएको। प्रतिनिधि हुनुहुन्छ विभागको प्रमुख देवेन्द्रजी। उहाँले छलफलमा भाग लिइ हाल्नुहुन्छ,’ ओलीले भने।

शीर्ष नेता सहभागी छलफलमा किन नबसेको भनेर संचारकर्मीले सोधेको प्रश्नमा ओलीले ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ’ भन्ने जवाफ दिए।

बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाकै निर्वाचन विभाग प्रमुख मुक्ति श्रेष्ठ लगायत नेता छन्।

प्रचण्ड र मुक्ति श्रेष्ठ

एमालेका तर्फबाट देवेन्द्र दाहाल सहभागी भएका छन्।