भारतसँग भिड्दै नेपाल, वैभव र अभिषेकजस्ता प्रतिस्पर्धीविरुद्ध नेपालको बलियो पक्ष के?

बिजमाण्डू
२०८३ मंसिर ४ गते १२:०९ | Nov 20, 2026
भारतसँग भिड्दै नेपाल, वैभव र अभिषेकजस्ता प्रतिस्पर्धीविरुद्ध नेपालको बलियो पक्ष के?

काठमाडौं। नेपाली क्रिकेट टोलीले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। एसीसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ।

GBIME
Tata

नेपाल प्रिमियर लिग (एनपीएल)सँग मिति जुधेपछि सन्दीप लामिछानेको कप्तानीमा एनपीएलको प्लेअफ नपुगेका धेरैजसो खेलाडी समेट्दै नेपाली टोली तयार गरिएको छ।

नेपाली टोलीको ब्याटिङको शीर्षक्रममा अर्जुन कुमाल, कुशल भुर्तेल, दीपक डुम्रे र लोकेश बम रहन सक्छन्। बलिङमा सन्दीफ लामिछाने, नन्दन यादव, प्रतिश जिसी र ललित राजवंशी छन्।

तुलनात्मक रुपमा नेपालको बलिङ बलियो देखिन्छ। मध्यक्रममा भने बसीर अहमद, पवन सर्राफ जस्ता खेलाडी हुनेछन्।

टोलीमै परेर पनि पाँच खेलाडी एनपीएलको प्लेअफमा व्यस्त थिए। देव खनालले बिहीबारमात्रै क्वालिफायर खेलिरहेका थिए भने शनिबार फाइनल खेल्न इशान पाण्डे, सन्दीप जोरा र अभिषेश गौतम काठमाडौंमै छन्। यसले नेपालको ब्याटिङ र खासगरी मध्यक्रममा बढी प्रभाव पार्न सक्छ।

अर्कोतर्फ भारतको टोलीमा हिटरको संख्या ठूलो छ। ओपनर वैभव सूर्यवंशी र अभिषेक शर्माजस्ता ओपनरसहित भारतीय टोलीमा रिंकु सिंहजस्ता फिनिसर छन्। त्यस्तै, तिलक वर्मा, आयुष बढोनीजस्ता अलराउण्डर छन्। बलिङमा हर्षित राना, अर्सद खान, प्रिन्स यादवजस्ता बलर छन्।

प्रतियोगिताको समूह ‘बी’मा नेपाल, भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्।