दशौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई २० हजार, टिमले पाउनेछ १५ हजार पुरस्कार

बिजमाण्डू
२०८३ मंसिर ३ गते १३:४५ | Nov 19, 2026
दशौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई २० हजार, टिमले पाउनेछ १५ हजार पुरस्कार

काठमाडौं। कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको हो। मंसिर ८ गते सुरु हुने प्रतियोगिताको समापन समारोह २७ गते हुनेछ।

GBIME
Tata

राष्ट्रिय खेलकुदका लागि ७२ करोड खर्च स्वीकृति मिलेको सदस्यसचिव राम चरित्र मेहेताले जनाएका छन्। यसमा ३२ खेलमा ३८४ इभन्ट हुनेछ।

प्रतियोगिताका २३ खेल सुर्खेतमा हुने छन् भने नेपालगञ्ज, बर्दिया र सल्यानमा समान २ खेल तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा १/१ खेल खेलाइनेछन्।

राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्दै स्वर्ण जित्ने खेलाडीले २० हजार, रजत जित्नेले १५ हजार तथा कास्य जित्नेले ८ हजार प्राप्त गर्नेछन्।

त्यस्तै, स्वर्ण जित्ने टिमलाई १५ हजार प्रति खेलाडी, रजतलाई १० तथा कास्यलाई ८ हजार पुरस्कार मिल्नेछ। रजत र कास्य जित्ने खेलाडीलाई पहिलो पटक पुरस्कार व्यवस्था गरिएको हो।