एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनका तोक्यो बुक क्लोज मिति

बिजमाण्डू
२०८३ मंसिर ३ गते ११:२० | Nov 19, 2026
एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनका तोक्यो बुक क्लोज मिति

काठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका ११ गते बन्द गर्ने निर्णय गरेको हो।

बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ। बैंकले अब प्रति कित्ता १०० रुपैयाँका दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता सेयर जारी गर्न लागेको हो।