काठमाडौं। सभामुख डीपी अर्यालसँग फ्रान्सेली संसद्को फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन्। पिरोनले मंगलबार सिंहदरबार पुगेर सभामुख अर्यालसँग भेट गरेकी हुन्।
भेटका क्रममा सभामुख अर्यालले फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको भन्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा ल्याउन आग्रह गरे।
उनले सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने पनि बताए।
अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको अर्यालको सचिवालयले जनाएको छ।










