काठमाडौं। सेयर बजार सूचक १२.७९ अंकले घटेको छ। नेप्से परिसूचक मंगलबार २६३६.१० अंकमा झरेको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्।
होटल तथा पर्यटन सूचक सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ। बजारमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ। एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ।
८६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ।
बजारमा ४ अर्ब ७२ करोड ९८ लाख रुपैयाँको सेयर किबनेच भएको छ। नबिल बैंकको डिबेञ्चर सबैभन्दा धेरै २८ करोड ९१ लाख रुपैयाँ बराबरको किनबेच भएको छ।
यस्तै घलेम्दी हाइड्रोपावर २० करोड ३१ लाख र सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।










