यती एयरलाइन्सलाई भाइब्रेन्ट बनाएर सीइओबाट बिदा भए सापकोटा, आए युवराज विष्ट

बिजमाण्डू
२०८३ मंसिर १ गते १३:३८ | Nov 17, 2026
यती एयरलाइन्सलाई भाइब्रेन्ट बनाएर सीइओबाट बिदा भए सापकोटा, आए युवराज विष्ट

काठमाडौं। २५ वर्षदेखि संचालनमा रहेको कम्पनीलाई पब्लिकमा रुपान्तरण गर्दै वित्तीय रुपमा सबल बनाएर यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतबाट सुवास सापकोटा बिदा भएका छन्।

GBIME
Tata

यतीको प्रमुख कार्यकारी अधिकृतमा युवराज विष्टले जिम्मेवारी सम्हालेका छन्। उनी कम्पनीकै ग्रोनअप हुन्। तीन वर्ष एक महिना सीइओको नेतृत्व सम्हालेका सापकोटाले परम्परागत रुपमा संचालनमा रहेको कम्पनीलाई व्यावसायिक रुपमा अगाडि बढाएका थिए।

उनले व्यवस्थापनलाई चुस्त बनाउँदै वित्तीय लागतहरु कम गराएका थिए। पोखरामा विमान दुर्घटनापछि यात्रुको विश्वास स्थापित गराउने ठूलो चुनौतीलाई पार गर्दै उनले कम्पनीलाई रिलायबल बनाउन सफल भएका थिए।

चार्टर्ड एकाउन्टेन्ट रहेका सापकोटाले कम्पनीमा रहेका अनावश्यक खर्चलाई निर्मम ढंगले कटौती गर्न सफल भएका थिए। जसका कारण कम्पनीको वित्तीय अवस्थामा सुधार भएको थियो।

पुराना कर्मचारीलाई अवकाशदेखि कर्मचारीलाई तालिम लगायतलाई प्रोत्साहन उनले गरेका थिए। पाइलटको तालिमदेखि विमानको मर्मत सम्भार लगायतलाई उच्च प्राथमिकतामा राखेर सापकोटाले काम गरेका थिए। उनले निर्णय प्रक्रियामा अनावश्यक लेयरिङहरु हटाउन पनि सफल भएका थिए।