मुक्तिनाथ विकास बैंकमा ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा, ग्राहकको समय बचत

बिजमाण्डू
२०८३ मंसिर १ गते ११:५५ | Nov 17, 2026
मुक्तिनाथ विकास बैंकमा ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा, ग्राहकको समय बचत

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई छिटो, सहज र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले लोन एप्लिकेसन ट्र्याकिङ सेवा सञ्चालनमा ल्याएको छ।

GBIME
Tata

यस सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदनको अवस्था तथा प्रगति सम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा छ, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेट के-के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथा लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गर्नुपर्नेछ।