काठमाडौं। सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। सिमेन्टले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।
कम्पनी सञ्चालक समिति बैठकले चुक्ता पुँजीको नगद र बोनस सेयर गरेर २१ प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ७० लाख ९७ हजार रुपैयाँ बराबर लाभांश घोषणा गरेको छ।
सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७८ करोोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्। यस्तै, चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने ३१ करोड ३४ लाख रुपैयाँ नगद लाभांश पाउनेछन्। कम्पनीको अहिले ५ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी छ।
कम्पनीले मंसिर १८ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २ गते साधारणसभा बोलाएको छ।










