सूर्य नेपाल सबैभन्दा बढी आयकर तिर्ने कम्पनी, बैंकतर्फ नबिल, पशुपन्छीको दानामा ओसीबी

बिजमाण्डू
२०८३ मंसिर १ गते १०:५२ | Nov 17, 2026
सूर्य नेपाल सबैभन्दा बढी आयकर तिर्ने कम्पनी, बैंकतर्फ नबिल, पशुपन्छीको दानामा ओसीबी
अर्थमन्त्री डा. वाग्लेबाट सम्मान ग्रहण गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रवि केसी।

काठमाडौं। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गत आर्थिक वर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ।

GBIME
Tata

कर दिवसका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाललाई सम्मान गरेका हुन्।

एकलौटी फर्मतर्फ धेरै आयकर तिर्ने कम्पनी थर्ड आई इन्टरनेशनल बनेको छ। त्यस्तै, आन्तरिक राजस्व विभागका अनुसार निर्याततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल बनेको छ।

बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंकले सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ।

वस्तु व्यापारतर्फ उत्कृष्ट करदाता सीजी इम्पेक्सका तर्फबाट अर्थमन्त्री डा. वाग्लेबाट सम्मान ग्रहण गर्दै निर्वाण चौधरी।

सूचना प्रविधि निर्यात गरेर बढी आयकर तिर्ने कम्पनीमा इन्फानाइट सफ्टवेयर बनेको छ। कृषि एवं पशुपन्छीजन्य उद्योगमा सबैभन्दा बढी आयकर ओसीबी फुड्स एण्ड फिड्स बनेको छ। यो नेपालको सबैभन्दा ठूलो दाना उत्पादक कम्पनी हो।

कम्पनीका प्रबन्ध निर्देशक प्रदीप रुंगटालाई अर्थमन्त्री वाग्लेले बढी आयकर तिर्ने कम्पनीको रुपमा सम्मानित गरेका हुन्।

स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेजले बढी आयकर तिरेको छ। विराटनगरमा रहेको यो कलेजका संचालक कांग्रेस नेता डा. सुनिल शर्मा हुन्।

कसकसले तिरे सबैभन्दा बढी कर?

क्र.सं.कम्पनी / संस्थासम्मान पाएको विधा
१सूर्य नेपाल प्रा.लि.सबैभन्दा बढी आयकर तिर्ने निकाय
२थर्ड आई इन्टरनेशनलएकलौटी फर्मतर्फ सबैभन्दा बढी आयकर
३डाबर नेपालवस्तुगत निर्याततर्फ उत्कृष्ट करदाता
४इन्फानाइट सफ्टवेयरसूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाता
५ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लि.कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला
६नबिल बैंक लिमिटेडबैंकिङ क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला
७नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडस्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला
८सोल्टी होटल लिमिटेडपर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला
९सी.जी. इम्पेक्स प्रा.लि.वस्तु व्यापारमध्ये आ.व. २०८१/८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला
१०फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि.वार्षिक ५० करोडभन्दा बढी र १०० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला
११भोटेकोशी पावर कम्पनी प्रा.लि.ऊर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला
१२आई.एम.ई. लिमिटेडरेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला
१३राजबहादुर शाहव्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला
१४हिमालयन डिस्टिलरी लिमिटेड२०७७ साउनदेखि २०८३ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र कर समयमा दाखिला
१५इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडवार्षिक ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला
१६वरुण बेभरेज नेपाल प्रा.लि.विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला
१७लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडजीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला
१८सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडनिर्जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला
१९छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलघुवित्त क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला