डलर, युरो र पाउण्डसँगै घट्यो सुनको कारोबार मूल्य, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८३ कात्तिक २१ गते ०७:५२ | Nov 7, 2026
डलर, युरो र पाउण्डसँगै घट्यो सुनको कारोबार मूल्य, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको खरिदबिक्री दर अघिल्लो दिनका तुलनामा घटेको छ। सँगै विश्वबजारमा सुनको कारोबार मूल्य पनि कमजोर बनेको छ।

GBIME
Tata

एकै दिनमा सुन ३७.३५ डलर घट्दै प्रति औंस ४०४६.९७ डलरमा आएको छ। सामान्य गिरावटसँगै चाँदी पनि प्रति औंस ५१.९५ डलर भएको छ। नेपाली बजारमा सुन तोलाको २ लाख ८३ हजार रुपैयाँ छ। शुक्रबार कायम यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा भएको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ ८७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४७ पैसा थियो।

युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ ५४ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा भएको छ। शुक्रबार खरिद दर १६९ रुपैयाँ ४६ पैसा र बिक्री दर १७० रुपैयाँ १३ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०० रुपैयाँ ७४ पैसा र बिक्री दर २०१ रुपैयाँ ५५ पैसा भएको छ। शुक्रबार खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९२ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १८३ रुपैयाँ १९ पैसा र बिक्री दर १८३ रुपैयाँ ९२ पैसा भएको छ। शुक्रबार खरिद दर १८४ रुपैयाँ ६० पैसा बिक्री दर १८५ रुपैयाँ ३३ पैसा पुगेको थियो।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४९.९६१५०.५६
युरोपियन युरो११६७.५४१६८.२१
पाउण्ड स्टर्लिङ१२००.७४२०१.५५
स्वीस फ्रयांक११८३.१९१८३.९२
अष्ट्रेलियन डलर११०३.०२१०३.४३
क्यानेडियन डलर११०६.५११०६.९४
सिंगापुर डलर१११७.०३११७.५०
जापानी येन१०९.४७९.५१
चिनियाँ युआन१२२.४८२२.५७
साउदी रियाल१३९.९५४०.११
कतारी रियाल१४१.१६४१.३२
थाइ भाट१४.४७४.४९
यूएई दिराम१४०.८३४०.९९
मलेसियन रिंगिट१३६.९५३७.०९
साउथ कोरियन वोन१००११.०८११.१२
स्विडिश क्रोनर११५.१८१५.२४
डेनिश क्रोनर१२२.४१२२.५०
हङकङ डलर११९.१३१९.२१
कुवेती दिनार१४८७.१२४८९.०७
बहरेन दिनार१३९७.४६३९९.०५
ओमानी रियाल१३८९.४९३९१.०५
स्रोत : नेपाल राष्ट्र बैंक