ऊर्जामन्त्री र भारतीय विदेश सचिवबीच भेट, तल्लो अरुण र फुकोट कर्णालीबारे छलफल

बिजमाण्डू
२०८३ कात्तिक १८ गते १८:४४ | Nov 4, 2026
ऊर्जामन्त्री र भारतीय विदेश सचिवबीच भेट, तल्लो अरुण र फुकोट कर्णालीबारे छलफल


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भारतीय विदेश सचिव बिक्रम मिश्रीले भेटवार्ता गरेका छन्।

GBIME
Tata

मिश्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछि ऊर्जामन्त्री श्रेष्ठसँग पनि शिष्टाचार भेटवार्ता गरेका हुन्।

ऊर्जा मन्त्रालयमा भएको भेटमा पञ्चेश्वर बहुउद्देश्यीय, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रगतिका विषयमा समेत छलफल भएको ऊर्जामन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठले भारतीय विदेशसचिव मिश्रीलाई नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तारका लागि आग्रह गरेका छन्।

‘नेपाल-भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा महत्वपूर्ण छलफल भयो। पञ्चेश्वर बहुउद्देश्यीय, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रगतिका विषयमा समेत छलफल भयो,’ विराजभक्तको सचिवालयले भनेको छ।

मन्त्री श्रेष्ठले विद्युत व्यापार बढाउनुका साथै नेपालमा सञ्चालित परियोजना सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न पनि आग्रह गरे। जवाफमा विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए।