गोदावरी फूलको प्रदर्शनी सकियो, सात दिनमा १ करोड ४६ लाख रुपैयाँको कारोबार

बिजमाण्डू
२०८३ कात्तिक १८ गते १७:०३ | Nov 4, 2026
गोदावरी फूलको प्रदर्शनी सकियो, सात दिनमा १ करोड ४६ लाख रुपैयाँको कारोबार


काठमाडौं। गोदावरी फूलको १९औं प्रतियोगितात्मक प्रदर्शनीमा करिब डेढ करोड रुपैयाँको कारोबार भएको छ।

GBIME
Tata

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेल मैदानमा कात्तिक १२ गते सुरु भइ बुधबारसम्म चलेको मेलामा १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको हो।

अन्तिम दिन ६ हजार ५८१ जनाले मेला अबलोकन गरेको र २४ लाख ९० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनले जनाएको छ। मेला समापनका अवसरमा पुष्प व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।