काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।
मिश्रीले बुधबार अपराह्न सिंहदरबार पुगेर अर्थमन्त्री डा. वाग्लेसँग भेटवार्ता गरेकमा हुन्। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायका साथै परराष्ट्र र अर्थ मन्त्रालयका कर्मचारी पनि सहभागी थिए।
बुधबार बिहान नेपाल आएका मिश्रीले लगत्तै परराष्ट्रसचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका मिश्रीले त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेका थिए।










