काठमाडौं। ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या आउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार केही समयका लागि रोक्का गरेको छ।
मध्यान्हपछि ब्रोकर डाटा सेन्टरमा समस्या दखिएपछि बजार कारोबार रोकिएको हो । समस्याका कारण लगानीकर्ताले खरिद बिक्री गर्न नपाएको अवस्था छ।
ब्रोकर डाटा सेन्टर रि-स्टार्ट भएपछि बल्ल कारोबार सुरु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। कारोबार समय रोक्का रहेका कारण कारोबार आवधि थपिने या नथपिने भन्ने बारे केही निर्णय भने नभएको उनले बताए।
सुरुवातदेखि नै ब्रोकरहरुको सर्भरमा समस्या आएको थियो। सर्भर कारोबार समयावधि भर जाने आउने भई रहेको र पटक पटक 'एरर' देखाइरहेको एक ब्रोकर कम्पनीका संचालकले जानकारी दिए।
समस्याको समाधानपछि कारोबार पुन: सुरु हुने नेप्सेले जानकारी दिएको छ।











