काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले औपचारिक मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको जनाएको हो।
एनपीएललाई मान्यता दिएको आईसीसीको एसिया कन्फ्रेन्स नेपालमा हुने क्यानले जनाएको छ। यो १७ देखि २१ नोभेम्बरसम्म हुनेछ। कन्फ्रेन्समा आएका डेलिगेटले एनपीएलको एलिमिनेटर र फाइनल खेल हेर्ने क्यानका सचिव पारस खड्काले बताए।
क्यानले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यसले नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउने क्यानको भनाइ छ।
एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदैछ।










