सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट १०.५२% लाभांश पारित, ६ जना सञ्चालक चयन

बिजमाण्डू
२०८३ असोज २२ गते १९:१३ | Oct 8, 2026
सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट १०.५२% लाभांश पारित, ६ जना सञ्चालक चयन


काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

GBIME
Tata

बैंकले चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाखको ६.५२ प्रतिशत अर्थात २४ करोड ३६ लाख ९७ हजार नगद लाभांश र ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल चयन भएका हुन्।

नवनिर्वाचित सञ्चालक समिति सदस्यको बैठकले उज्ज्वल सत्याललाई अध्यक्ष चयन गरेको छ। सत्याल यसअघि पनि अध्यक्ष थिए। सुशीलकाजी पनि दोहोरिएका हुन्। अरु भने नयाँ अनुहार हुन्।