बेलायतमा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुग्यो, कारण ट्रम्पको चेतावनी

बिजमाण्डू
२०८३ असोज १६ गते १७:०४ | Oct 2, 2026
बेलायतमा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुग्यो, कारण ट्रम्पको चेतावनी
Photo : Gemini AI


बेलायतमा डिजेलको औसत मूल्य इतिहासमै पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल निर्यात रोक्ने चेतावनी दिएपछि बेलायतमा मूल्य बढेको बीबीसीले उल्लेख गरेको छ।

Vigo
GBIME
Tata

अमेरिकामा इन्धनको मूल्य घटाउन डिजेल निर्यातमा प्रतिबन्ध लगाउने ट्रम्पको योजना छ। उनले युरोपेली देशहरूलाई आफ्नो रिजर्भ डिजेल बजारमा ल्याउनुपर्ने तर्क अघि सारेका छन्।

ट्रम्पको सो निर्णयको प्रभाव बेलायतको तेल उद्योगमा परेको बताइएको छ। बेलायतमा प्रयोग हुने ५० प्रतिशत डिजेल आयात हुने गरेको छ। यसअघि बेलायतमा रसियाबाट तेल आयात हुँदै आएको थियो। तर, रसिया युक्रेन युद्धपछि त्यहाँबाट तेल आयात रोकिएको थियो। त्यसपछि डिजेलमा अमेरिकामाथि बेलायतको निर्भरता बढेको बताइन्छ।

इरान युद्धका कारण विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा अहिले समस्या परिरहेको छ। यसबीच अमेरिकी निर्णयका कारण अन्य देशहरुमा डिजेल झनै महँगो हुने चेतावनी विज्ञहरुले दिइएको छ।

बेलायतका यातायात मन्त्री कियर म्यादरले भने देशमा डिजेलको आपूर्तिमा कुनै असर नरहेको दाबी गरेका छन्। उनले बेलायतसँग इन्धन आपूर्तिका विभिन्न स्रोतहरु उपलब्ध रहेको भन्दै चिन्ता नगर्न पनि भनेका छन्।