मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथ्लेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा १७.५०% सम्म छुट

बिजमाण्डू
२०८३ असोज १६ गते १५:३७ | Oct 2, 2026
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथ्लेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा १७.५०% सम्म छुट


काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले आफ्ना ग्राहकका लागि सुविधा विस्तार गरेको छ।

Vigo
GBIME
Tata

बैंकका ग्राहकले बालकुमारीस्थित एथ्लेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट पाउने भएका छन्। यसका लागि बैंकले क्लबसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार आफ्ना ग्राहकले क्लबमा ७.५० देखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। क्लबमा एनएमए, बक्सिङ, एडभान्स्ड कार्डिओ, ग्रुप फिटनेस क्लास, योगा, जुम्बा लगायत सेवा उपलब्ध छन्।

छुट सुविधाका लागि ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।