काठमाडौं। कानुन मन्त्री सोविता गौतमले देशको दीगो विकासका लागि बलियो नीति र त्यसको कार्यान्वयन हुनुपर्ने बताएकी छन्।
नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले पैसा मात्र भएर विकास नहुने बताएकी हुन्।
‘पैसा मात्रै होइन, सही नीति र कार्यान्वयन भएका देशमात्रै धनी भएका छन्। यसलाई रिफरेन्सका रुपमा लिएर हामीले सिक्ने हो,’ उनले भनिन्।
गौतमले नेपालको आफ्नै विकासको मोडेल हुनुपर्नेमा जोड दिएकी छन्। उनले ‘क्लाइमेट रेजिलेन्स’ विकासका मोडेलमा नेपाल अगाडि बढ्नुपर्ने बताईन्।
‘पूर्वाधार अदालत बनाउने तयारी पनि अगाडि बढेको छ। विकाससँगै नेपाललाई लगानीमैत्री मुलुक बनाउनु पनि छ,’ उनले भनिन्।











