तीन निर्माण कम्पनी कालोसूचीमा, सडक डिभिजन जुम्लाको ठेक्कामा दुईलाई ३/३ वर्षको कार्बाही

बिजमाण्डू
२०८३ असोज १५ गते १०:१३ | Oct 1, 2026
तीन निर्माण कम्पनी कालोसूचीमा, सडक डिभिजन जुम्लाको ठेक्कामा दुईलाई ३/३ वर्षको कार्बाही


काठमाडौं। ठेक्काको सम्झौताका सर्त पालना नगर्दा सम्बद्ध निकायद्वारा कारबाही सिफारिसमा परेका तीन निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

Vigo
GBIME
Tata

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको बिहीबार जारी सूचनामा छ। सडक डिभिजन जुम्लाको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष र एउटालाई दुई वर्षका लागि कार्बाही गरिएको हो।

३/३ वर्षको कारबाहीमा परेका कम्पनीमा काठमाडौं कोटेश्वरको शंकरमाली निर्माण सेवा प्रालि र कालिकोट खाडाचक्रको मान शाही निर्माण सेवा छन्।

यस्तै काठमाडौं कलंकीको कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ।