नबिल बैंक र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कति रुपैयाँ कायम भयो?

बिजमाण्डू
२०८३ असोज १३ गते १७:४२ | Sep 29, 2026
नबिल बैंक र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कति रुपैयाँ कायम भयो?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। सेबोनले मंगलबार नबिल बैंक र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन गरेको हो।

Vigo
GBIME
Tata

नबिल बैंकको सेयर मूल्य मंगलबार अन्तिम कारोबारपछि प्रति कित्ता ५६६ रुपैयाँ रहेकामा समायोजनपछि ५३९ रुपैयाँ कायम भएको छ। नबिलले पोहोरको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ।

यस्तै, गरिमा विकास बैंकको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ४१४ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयर मूल्य मंगलबार अन्तिममा प्रति कित्ता ४५६ रुपैयाँ कायम भएको थियो।

गरिमाले पोहोरको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्दैछ। समायोजनपछि कायम मूल्यमा सेयर कारोबार बुधबार खुल्नेछ।