ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई नगद र बोनस सेयर

बिजमाण्डू
२०८३ असोज १३ गते १०:५० | Sep 29, 2026
ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई नगद र बोनस सेयर


काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

लघुवित्तका सेयरधनीले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

त्यस्तै, कर प्रयोजनसहित ३.५ प्रतिशतले हुन आउने २ करोड २६ लाख रुपैयाँको नगद लाभांश पनि पाउनेछन्।

लघुवित्तको हाल ६४ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी छ। सेयरधनीले नेपाल राष्ट्र बैंक र साधारण सभाको स्वीकृतिपछि प्रतिफल पाउनेछन्।