कामना सेवा विकास बैंकले झापामा स्कुले विद्यार्थीलाई दियो बचत र लगानीको ज्ञान

बिजमाण्डू
२०८३ असोज १२ गते १७:२९ | Sep 28, 2026
कामना सेवा विकास बैंकले झापामा स्कुले विद्यार्थीलाई दियो बचत र लगानीको ज्ञान


काठमाडौं। कामना सेवा विकास बैंकले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

Vigo
GBIME
Tata

बैंकले विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत डेढ सय विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको हो।

कार्यक्रममा विद्यार्थीसँग वित्तीय साक्षरता, बचत तथा लगानी सम्बन्धी आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारका विषयमा पनि उदाहरणसहित छलफल गरिएको बैंकले जनाएको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीसँग जीवनउपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुति समेत गरेका थिए।

बैंकका ब्रान्डिङ/सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा प्रकाश पारे। उनले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न आग्रह गरे।