काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। सोमबार सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज, अरुण भ्याली हाइड्रोपावर र शाइन रेसुङ्गा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो।
सर्वोत्तम् पेन्टसको सेयर मूल्य समायोजनपछि प्रति कित्ता १२१३.६४ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयर सोमबार अन्तिममा प्रति कित्ता १३३५ रुपैयाँमा कारोबार भएको थियो।
सर्वोत्तम पेन्ट्सले पोहोरको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।
अरुण भ्यालीको सेयर मूल्य समायोजनपछि प्रति कित्ता २५६.१९ रुपैयाँ कायम भएको छ। यो कम्पनीको सेयर सोमबार अन्तिममा प्रति कित्ता २६९ रुपैयाँमा किनबेच भएको थियो।
कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।
यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अन्तिम कारोबार मूल्य ४२८.९० रुपैयाँ रहेकामा समायोजनपछि ४०४.६२ रुपैयाँ कायम भएको छ।
बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।










