टीभीएसको नेपालमै पहिलो हाइपर स्पोर्ट्स स्कुटर नेपालमा, मूल्य ३ लाख ७० हजार रुपैयाँ

बिजमाण्डू
२०८३ असोज ११ गते १५:५३ | Sep 27, 2026
टीभीएसको नेपालमै पहिलो हाइपर स्पोर्ट्स स्कुटर नेपालमा, मूल्य ३ लाख ७० हजार रुपैयाँ


काठमाडौं। जगदम्बा मोटर्सले नेपालमै पहिलो हाइपर स्पोर्ट्स स्कुटर सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले टीभीएस मोटर्सका प्रतिनिधि, डिलर, इन्फ्लुयन्सर लगायतको उपस्थतिमा एक कार्यक्रम गरी स्कुटर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार पारिएको टीभिएस एनटीओआरक्यूमा १४९.७ सीसीको एयरकुल्ड इन्जिन जडान गरिएको छ जसले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क प्रदान गर्छ।

स्कुटरले मात्र ६.३ सेकेण्डमा प्रति घण्टा ०-६० किलोमिटरको गति समात्न सक्छ। यसको टप स्पिड प्रति घण्टा १०४ किलोमिटर छ।

स्कुटरमा उच्च फर्मर्मेन्स, स्पोर्टी एस्थेटिक र कटिङ एज टेक्नोलोजीलाई एउटै प्याकेजमा समावेश गरेको जनाएको छ। यसमा ५० भन्दा बढी कनेक्टेड फिचर छन्। टर्न बाइ टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल म्यासेज अलर्ट र रायड मवडजस्ता सुविधा स्कुटरमा उपलब्ध छन्।

सुरक्षातर्फ स्कुटरमा सिंगल च्यानल एबीएस तथा फर्स्ट इन सेगमेन्ट ट्र्याक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प र फलो मि हेडल्याम्प जस्ता फिचर छन्।

कम्पनीले स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ राखेको छ। कम्पनीका अनुसार स्कुटर स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु रङमा उपलब्ध छ।