काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी (पद्म ज्योति ग्रुप)ले दसैं अफर ल्याएको छ। कम्पनीले ‘यो दसैं, आशाको सुरुवात’ योजना ल्याएको हो।
यो अफरमा ग्राहकले बाइक तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले ‘होण्डा छ साथ साथ’अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्ने र उनीहरुले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। प्रेस विज्ञप्ति अनुसार कम्पनीले ग्राहकले जिते बराबरको रकम बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्।
यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षका लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षका लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक छनोट गरर्न सक्नेछन् ।











