जापानसँगको खेल नजिताविहीन बन्दा नेपाल समूह विजेता, क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने

बिजमाण्डू
२०८३ असोज १० गते ०९:१८ | Sep 26, 2026
जापानसँगको खेल नजिताविहीन बन्दा नेपाल समूह विजेता, क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने
टसका क्रममा नेपाल र जापानका कप्तान। तस्बिर: क्यन


काठमाडौं। नेपाली र जापानबीचको खेल नतिजाविहीन बनेको छ। जापानमा जारी एसियन गेम्स अन्तर्गत आज क्रिकेटमा नेपाल र जापानबीचको खेलमा वर्षा भएपछि खेल नतिजाविहीन बनेको हो। योसँगै दुबै टोलीले अंक बाँड्दा नेपाल ३ अंकसहित समूह विजेता बनेको छ। समूह ‘ए’बाट २ अंक बनाएको अफगानिस्तान उपविजेता बन्दा जापान बाहिरिएको छ।

Vigo
GBIME
Tata

कोरोगी स्पोर्टस पार्कमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले टस हारेर ब्याटिङ गर्दै छोट्याइएको १५ ‌ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। तर, फेरि वर्षा सुरु भएपछि दोस्रो इनिङ्स नै सुरु हुन सकेन। र, टोलीले अंक बाँढ्न बाध्य भयो।

वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन सकेन। तस्बिर: एनएसजेएफ

ब्याटिङमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गरे। जोराले ३२ बलमा ५ चौका र छक्का प्रहार गर्दै अविजित ५७ रन बनाउँदा बमले २२ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाए। जापानका रेओ साकुरानो थोमस, इब्राहिम ताकासाकी, जेक कुसुन्दा र डेक्लान सुजुकीले समान १ विकेट लिए।

अब, नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ भने अफगानिस्तान भारतसँग भिड्नेछ।