काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन शाह बुधबार अमेरिका पुगेका हुन्। शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरे।
शाहले महासभाको उच्चस्तरीय छलफल अन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन शाहले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नेछन्।










