काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी उदयप्रसाद ओझाले आफ्नो नामको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेकामा ७ महिनापछि बल्ल ४ हजार कित्ता बिक्री हुने भएको छ।
नेपाल बीमा प्राधिकरणले ४ हजार १६ कित्ता सेयर बिक्रीका लागि मंगलबार स्वीकृति दिएको छ। २ हजार कित्ता सेयर प्रति कित्ता ४५१ रुपैयाँका दरले डेभिड ढकाल र २ हजार १६ कित्ता ४२१ रुपैयाँका दरले दिपेश न्यौपानेलाई बिक्री गर्न प्राधिकरणले स्वीकृति दिएको हो।
ओझाले सेयर बिक्रीका लागि निवेदन दिएपछि इन्स्योरेन्सले गत फागुन ११ गते ३५ दिने सूचना निकालेको थियो। तर, त्यतिखेर अरु संस्थापक सेयरधनीले वास्ता गरेनन्।
त्यसपछि बिक्री प्रबन्धक गरिमा क्यापिटलमार्फत प्रक्रिया अगाडि बढाइएको थियो। क्यापिटलले बोलकबोलमार्फत बिक्री गर्न वैशाख १० गते सूचना निकालेकामा डेभिड र दिपेशले निवेदन दिएका थिए।
इन्स्योरेन्सको सञ्चालक समितिले जेठ १९ गते नै सहमति दिएकामा प्राधिकरणले बल्ल स्वीकृति दिएको हो।










