राष्ट्रसंघको ८१औँ महासभा : परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बिजमाण्डू
२०८३ असोज ७ गते ०९:२४ | Sep 23, 2026
राष्ट्रसंघको ८१औँ महासभा : परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्। न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा दुवैबीच भेटवार्ता भएको हो।

Vigo
GBIME
Tata

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

भेटमा दुवै मन्त्रीले द्विपक्षीय सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ।

दुवैले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए।