बाढी प्रभावित अटो व्यवसायीलाई राहतका लागि नाडाले सहजीकरण गर्ने, माग्यो क्षतिको विवरण

बिजमाण्डू
२०८३ असोज ६ गते १३:५५ | Sep 22, 2026
बाढी प्रभावित अटो व्यवसायीलाई राहतका लागि नाडाले सहजीकरण गर्ने, माग्यो क्षतिको विवरण
सुरेन्द्रकुमार उप्रेती


काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भोटेकोशी नदीको बाढीबाट प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न क्षतिको विवरण मागेको छ।

Vigo
GBIME
Tata

नाडाले बाढी प्रभावित अटो व्यवसायीसँग क्षतिको यथार्थ तथा प्रमाणित विवरण मागेको हो।

नाडाले बाढीमा क्षति भएका र हराएका सवारीसाधनको संख्या, प्रकार र उपलब्ध पहिचान, बाढीअघि सवारीसाधन रहेको स्थान, गादोम, कार्यालय तथा अन्य भौतिक सरंचनामा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण, बीमा दाबीका लागि आवश्यक कागजात र बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण मागेको छ। व्यवसायीले उपलब्ध गराउने विवरणका आधारमा सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने नाडाले बताएको छ।

क्षतिको विवरणका आधारमा बाढी प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पनुर्संरचना, भुक्तानी अवधि पुनरवलोकन वा अन्य सहजीकरणका लागि समन्वय गर्ने नाडाले बताएको छ।

‘सम्बन्धित निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्नेछौं,’ नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भनेका छन्।