विश्व पर्यटन दिवसमा पोखरा आउँदै भुटानी क्रिकेट टोली, ४ वटा अभ्यास खेल खेल्ने

बिजमाण्डू
२०८३ असोज ६ गते १३:३२ | Sep 22, 2026
विश्व पर्यटन दिवसमा पोखरा आउँदै भुटानी क्रिकेट टोली, ४ वटा अभ्यास खेल खेल्ने
भुटानी क्रिकेट टोली। तस्बिर: भुटान क्रिकेट


काठमाडौं। विश्व पर्यटन दिवसको अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आउने भएको छ।

Vigo
GBIME
Tata

आगामी अक्टोबर ३ देखि मलेसियामा हुने आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानको टोलीले अभ्यास खेल खेल्न पोखरा आउने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भुटानको राष्ट्रिय टोलीले पोखरामा ५ वटा अभ्यास खेल खेल्नेछ।

भुटानले पोखरामा गण्डकी प्रदेश टोलीसँग दुई तथा क्यान-११ सँग दुई गरी चार अभ्यास खेल खेल्नेछ। पहिलो खेल विश्व पर्यटन दिवसका दिन अर्थात् सेप्टेम्बर २७ मा भुटानी टोली र गण्डकी प्रदेश क्रिकेट टोलीबीच हुनेछ।

गण्डकी प्रदेश क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट टोलीको पोखरा भ्रमणले खेल पर्यटन प्रवर्धनमा योगदान पुग्ने बताएको छ। संघले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि नियमित रूपमा आयोजना गर्ने योजना अघि सारेको जनाएको छ।