चाबहिल-बौद्धमा ट्रायम्फको नयाँ शोरुम : सेल्स, सर्भिस र स्पेयर पार्ट्स सेवा एकै थलोमा  

बिजमाण्डू
२०८३ असोज ६ गते ०९:१९ | Sep 22, 2026
चाबहिल-बौद्धमा ट्रायम्फको नयाँ शोरुम : सेल्स, सर्भिस र स्पेयर पार्ट्स सेवा एकै थलोमा  


काठमाडौं । मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौंको चाबहिल-बौद्ध क्षेत्रमा नयाँ शोरुम संचालनमा ल्याएको छ। चाबहिल, बौद्ध र आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीहरूका लागि यो नयाँ शोरुमबाट ट्रायम्फको अनुभव लिन अझ सहज हुने कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन पाल गियर्सले संचालनमा ल्याएको यो नयाँ सोरुम पूर्ण ‘३एस’ सुविधा सम्पन्न छ। यहाँ सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सेवा सबै सेवा एउटै छानामूनि उपलब्ध हुने जनाइएको छ।

ग्राहकहरूले ट्रायम्फका मोटरसाइकल हेर्नुका साथै दक्ष प्राविधिकहरूबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्स सजिलै शोरुमबाट पाउने भनिएको छ। यसबाट आफ्टर सेल्स सर्भिस र मर्मतका लागि टाढा गइरहनुपर्ने बाध्यता हट्ने जनाइएको छ।

नयाँ शोरुम संचालनमा आएसँगै ट्रायम्फ नेपालले एकै हप्ताभित्र देशभर चारवटा नयाँ ‘३एस’ शोरुम खोलेर नयाँ रेकर्ड बनाएको विज्ञप्तिमार्फत जनाएको छ। कम्पनीले एकै हप्तामा ट्रायम्फ धनगढी, ट्रायम्फ दाङ, ट्रायम्फ हेटौंडा र ट्रायम्फ चाबहिल-बौद्ध गरेर ४ ठाउँमा नयाँ शोरुम विस्तार गरेको हो।

काठमाडौंमा नयाँ शोरुम संचालनमा आएसँगै जेन्स पाल गियर्स (ट्रायम्फ चाबहि‍ल-बौद्ध) का रोहन शाहीले भने, ‘उपत्यकाको यस क्षेत्रका राइडरहरूलाई ट्रायम्फको सेवा लिन अझ सजिलो बनाएको छ। आधिकारिक डिलर पार्टनरका रूपमा हाम्रो लक्ष्य भनेको सेल्स, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्समा भरपर्दो सेवा दिनु हो। साथै राइडरहरू र मोटरसाइकलप्रेमीहरू आपसमा भेटघाट गर्ने र जोडिने एउटा राम्रो थलो बनाउनु पनि हाम्रो उद्देश्य हो।’