संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क जाँदै

बिजमाण्डू
२०८३ असोज ६ गते ०७:५३ | Sep 22, 2026
संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क जाँदै


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको प्रस्थान गर्दैछन्।

Vigo
GBIME
Tata

न्यूयोर्क जाने उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्।

शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानबाट आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहनेछ। खनाल हाल न्यूयोर्कमा उच्चस्तारी भेटघाटमा व्यस्त छन्।

प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनी असोज १० गते काठमाडौं फर्किनेछन्। प्रधानमन्त्री भएपछि उनी पहिलोपटक विदेश भ्रमणका लागि जान लागेका हुन्।