नाट्टाले छान्यो समितिका संयोजक, एपीजेसी र उड्डयन समितिको नेतृत्वमा लोहनी

बिजमाण्डू
२०८३ असोज ५ गते १६:४९ | Sep 21, 2026
नाट्टाले छान्यो समितिका संयोजक, एपीजेसी र उड्डयन समितिको नेतृत्वमा लोहनी


काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विभिन्न समिति गठन गरेको छ।

Vigo
GBIME
Tata

५९औं वार्षिक साधारण सभाबाट चुनिएको नाट्टाको नयाँ नेतृत्वले विधान अनुसार विभिन्न समिति गठन गरेको हो। नाट्टामा हाल २३ वटा समिति रहने व्यवस्था छ।

नाट्टा कार्यसमितिको चौथो बैठकले समिति गठन गरेको हो। नाट्टाका अध्यक्ष भरतजंग पाण्डेले समितिका संयोजकहरूलाई कार्यक्षेत्र तथा कार्यसम्बन्धी पत्र दिएका छन्।

एपीजेसी, आईएटीए तथा उड्डयन समितिको संयोजकको जिम्मा कार्यसमिति सदस्य प्रकाश लोहनीले पाएका छन्।

लोहनीले आईएटीए, एयरलाइन्स तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै नाट्टाका सदस्य एजेन्सीहरूले उड्डयन क्षेत्रमा भोग्दै आएका समस्या समाधानका लागि काम गर्ने बताए।