४२ उपसचिवको सरुवा गर्दा उद्योग मन्त्रालयबाट बाहिरिए ७ जना, सीता सुनवर्षा र बन्दना नगराइनमा

बिजमाण्डू
२०८३ असोज २ गते १९:०५ | Sep 18, 2026
४२ उपसचिवको सरुवा गर्दा उद्योग मन्त्रालयबाट बाहिरिए ७ जना, सीता सुनवर्षा र बन्दना नगराइनमा


काठमाडौं। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले शुक्रबार गरेको सरुवामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका कार्यालयबाट ७ जना बाहिरिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका कार्यालयबाट बन्दना झा धनुषाको नगराइन नगरपालिका, दुर्गाप्रसाद भुषाल जिल्ला समन्वय समिति अछाम, विष्णुकुमारी भट्टराई मोरङको सुन्दरहरैंचा नगरपालिका, तुल्सीराम अर्याल जिल्ला समन्वय समिति सप्तरी, सृजना तिवारी मोरङको रंगेली नगरपालिका, सीता निरौला फुयाल मोरङकै सुनवर्षा नगरपालिका र चेतनाथ अर्याल जिल्ला समन्वय समिति लमजुङ पुगेका छन्।

यस्तै श्रम मन्त्रालय र मातहतका कार्यालयबाट भूपेन्द्र सापकोटालाई धनकुटा नगरपालिका, रमा भट्टराईलाई जिल्ला समन्वय समिति दोलखा, विन्दा आचार्यलाई इलाम नगरपालिका र शारदा भण्डारीलाई मोरङको रतुवामाई नगरपालिका पठाइएको छ।

अर्थ मन्त्रालयका पंकज भूर्तेल जापाको कन्काइ नगरपालिकामा सरुवा भएका छन्।