काठमाडौं। सरकारले रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा तामाङलाई सचिवमा बढुवा गरेको हो।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएको दुई वर्षपछि तामाङ सचिव बनेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा २०८० फागुन पहिलो साता तीन पूर्वसचिवसहित १८ जनालाई मुद्दा दायर गर्दा तामाङलाई पनि प्रतिवादी बनाएको थियो। तर विशेष अदालतले २०८१ भदौ अन्तिममा तामाङलाई सफाइ दिएको थियो।











