साझा यातायातमा यात्रा गर्न अब नगद नचाहिने, डिजिटल टिकेटिङको व्यवस्था, यात्रुलाई उपहार

बिजमाण्डू
२०८३ असोज २ गते ११:३० | Sep 18, 2026
साझा यातायातमा यात्रा गर्न अब नगद नचाहिने, डिजिटल टिकेटिङको व्यवस्था, यात्रुलाई उपहार


काठमाडौं। साझा यातायातले दैनिक कार्यसञ्चालन तथा भाडा भुक्तानी प्रणाली पूर्णरूपमा डिजिटलाइज बनाएको छ।

Vigo
GBIME
Tata

सार्वजनिक यातायातलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य अनुसार साझा यातायातले आफ्ना सम्पूर्ण कार्यप्रणाली, टिकेटिङ तथा समग्र सञ्चालनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा स्तरोन्नति गरेको हो।

नगदरहित यात्रालाई प्रवर्धन गर्ने उद्देश्यले साझा यातायाले बसभित्रै डिजिटल टिकेटिङको व्यवस्था गरेको छ। यात्रुले अब जुनसुकै बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड ट्याप गरेर वा क्यूआर स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन्।

यात्रुलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहित गर्न साझा यातायातले लक्की ड्र योजना ल्याएको छद्ध। जसअन्तर्गत डिजिटल प्रणालीमार्फत काटिएको टिकट लक्की ड्रमा समावेश हुनेछ र उात्रुले दैनिक साप्ताहिक र मासिकरुपमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ।

साझा यातायातले नेपालपेसँगको समन्वयमा ट्राभल कार्ड जारी गर्ने तयारी समेत गरेको छ।

साझा यातायातले आफ्ना सम्पूर्ण बसको प्रत्यक्ष गतिविधि, लोकेसन ट्रयाकिङ, व्यवस्थापन, यात्रु चाप तथा चालक दलको कार्यसम्पादन अब एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गर्ने व्यवस्था मिलाएको बताएको छ। यसले कुनै पनि प्राविधिक समस्या, ट्राफिक जाम वा आकस्मिक अवस्थामा तुरुन्तै समन्वय गर्न मद्दत पुग्नेछ भने सवारी साधनको समय तालिकालाई थप प्रभावकारी बनाउनेछ।