एनभीएलको पहिलो दिनको टिकट बिक्रीको रकम बाढीपीडितका लागि सरकारलाई हस्तान्तरण



बिजमाण्डू
२०८३ भदौ २३ गते १४:३९ | Sep 8, 2026
एनभीएलको पहिलो दिनको टिकट बिक्रीको रकम बाढीपीडितका लागि सरकारलाई हस्तान्तरण


काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिन टिकट बिक्रीबाट उठेको रकम आयोजक केडिया ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको छ।

Vigo
GBIME
Tata

ग्रुपले लिगको पहिलो दिनको टिकट बिक्रीबाट उठेको ५ लाख ९० हजार १५० रुपैयाँ बाढी प्रभावितको सहयोगका लागि सरकारलाई दिएको हो।

लिग सुरु हुनुअघि नै आयोजकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार र पुनर्स्थापनाका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको थियो। लिग शुक्रबार सुरु भएको थियो।

केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

एनभीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा खप्तड फाल्कन र मधेश वारियर्स तथा दोस्रो खेलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्स भिड्ने छन्।