बाढी प्रभावितका लागि अभियान लघुवित्तले गर्‍यो ५ लाख ५५ हजार रुपैयाँ सहयोग

बिजमाण्डू
२०८३ भदौ १७ गते १४:४९ | Sep 2, 2026
बाढी प्रभावितका लागि अभियान लघुवित्तले गर्‍यो ५ लाख ५५ हजार रुपैयाँ सहयोग


काठमाडौं । अभियान लघुवित्तले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

GBIME
Tata

लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो। विपद्‍को घडीमा पीडित परिवारको सहयोगका लागि कोषमा रकम जम्मा गरेको लघुवित्तले जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्माले जानकारी दिए।