काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्गको कृष्णभीरको सडक भदौ महिनाभित्र मर्मत गरेर सञ्चालनमा ल्याउने बताएका छन्।
उनले बुधबार प्रतिनिधि सभाको बैठकमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबारे जानकारी गराउने क्रममा कृष्णभीरको सडक भदौभित्र संचालनमा ल्याउने बताएका हुन्।
त्रिशूली नदीमा आएको बाढीले कटान गरेर कृष्णभीरको सडक भासिएका कारण पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकामा आपूर्ति नै प्रभावित भएको छ।










