रसुवा बाढी : राहत र पुनर्स्थापनामा सरकारलाई सघाउन कांग्रेसले तोक्यो १४ संयोजक



बिजमाण्डू
२०८३ भदौ १७ गते १२:२४ | Sep 2, 2026
रसुवा बाढी : राहत र पुनर्स्थापनामा सरकारलाई सघाउन कांग्रेसले तोक्यो १४ संयोजक
विश्वप्रकाश शर्मा


काठमाडौं। नेपाली कांग्रेसले रसुवा बाढीमा सरकारलाई सघाउन विभिन्न विषय हेर्ने गरी १४ जना संयोजक तोकेको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले उद्धार, राहत र पुनर्स्थापनाका लागि १४ जना संयोजक तोकेको हो।

Vigo
GBIME
Tata

उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको नेतृत्वमा ती समिति गठन भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।

प्रतिष्ठानले विपद् व्यवस्थापनको काम सरकारी निकायसँग समन्वय गर्दै अझ प्रभावकारी बनाउन विपद् विज्ञ मानबहादुर थापालाई संयोजक तोकेको छ।

कांग्रेसले सुरुङभित्र फसेका नागरिकको विषयमा समन्वय गर्न मीनबहादुर भाम र राहत वितरणलाई व्यवस्थित बनाउन मधु आचार्यलाई संयोजक बनाएको छ।

मनोसामाजिक परामर्शको तयारीका लागि मोहना अन्सारी, सामाजिक सञ्जालमा तथ्य जाँचका लागि प्रकृति भट्टराई, बालबालिका उद्वार र पुनर्स्थापना पहलका लागि उमंग लोहनी, ज्येष्ठ नागरिक अवस्था सहजीकरण समन्वयका लागि अनुपा श्रेष्ठ, शैक्षिक स्थलहरुको पुनर्स्थापना पहलला लागि डा कृष्णप्रसाद पौडेल, ‘बलियो पूर्वाधार’का लागि गहन संवाद र तयारीका लागि ई अमृत लोहनी, श्रमिक जीवन सहजीकरणका लागि महेन्द्र यादव र विपद्‍पछिको आवश्यकता आकलन तथा पुनर्निर्माणको खाकाका लागि प्रा डा गोविन्दराज पोखरेललाई संयोजक तोकिएको छ।

यस्तै सम्भावित स्वास्थ संकटमा सजगताका लागि डा अञ्जनी कुमार झा, पीडित परिवारसँग सम्पर्क र सहजीकरणका लागि रेशम गुरुङ तथा जलवायुको मुद्दामा साना राष्ट्रहरुको पक्षमा आवाज उठाउन रोशनी गिरीलाई तोकेको कांग्रेसले जनाएको छ।