प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिने युवक समातिए, साइबर ब्यूरोमा पुर्‍याइयो



बिजमाण्डू
२०८३ भदौ १० गते १८:०७ | Aug 26, 2026
प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिने युवक समातिए, साइबर ब्यूरोमा पुर्‍याइयो


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरेर सामाजिक संजालमा अभिव्यक्ति दिएको आधारमा एक युवक समातिएका छन्।

Vigo
GBIME
Tata

झापा घर भएका २३ वर्षीय पुष्कर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिइएको जानकारी पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई प्रहरीले आज कीर्तिपुरको नयाँ बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका दाहाललाई प्रहरीले साइबर ब्युरोमा बुझाएको छ।