काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गमा समेत असर परेको छ।
रसुवादेखि भोटेकोशी नदीमा बग्दै आएको हिलो, लेदो र बालुवा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी सडकमा थुप्रिँदा सडक अवरुद्ध भएको छ।
बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिपक रेग्मीले सडक पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिए। त्यस्तै, धादिङसँग जोडिने तीन वटा पुल समेत बगाएको छ।
अझै बाढी आउन सक्ने सम्भावनाले अहिले काठमाडौंको चेकपोष्टबाट नै सवारीलाई बाहिर जान रोक लगाइएको छ।










